दिल्लीदेखि काठमाडौंसम्म छाएको अन्नुको सैलुन संसार, पूर्व राजा ज्ञानेन्द्रदेखि मिस नेपालको केशसज्जा

फेसन डिजाइनर बन्ने सानैदेखिको सपना । बि.कम. पढ्दै गर्दा यही हुटहुटीले उनी लागिन भारतको राजधानी नयाँ दिल्लीमा । दिल्लीमा थिइन दिदी शान्ति, हेयर र मेकअपमा चर्चित नाम । यहीँबाट शुरु भयो अनुजा (अन्नु)को शैलुन यात्रा । अनुजाले सैलुनलाई व्यवसायिक विधा बनाउँदै थुप्रै अन्तर्राष्ट्रिय तालिम र कोर्सहरु सिकिन् । पछिल्लो समयमा राजधानी काठमाडौंमा समेत उनले शाखा खोलिन। त्यसअघि नयाँ दिल्लीमा मात्रै उनका १४ वटा शाखा सञ्चालनमा आइसकेका छन् । यिनै अन्नुसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

सैलुनतर्फ कसरी आकर्षित हुनु भयो ?
बालकुमारी कलेजमा पढ्ने बेला फेसन डिजाइन पढ्न दिल्ली गएँ । दिदी विश्व शान्ति र बर्षा हेयर र मेक अपमा चर्चित थिए । सन् १९९४ को मिस यूनिभर्सको कार्यक्रममा हेयर र मेकअपका लागि दिदी चुनिनु भयो । दिदी शान्ति ले नै सुस्मिता सेन लाई कपाल साजसज्जा र श्र्र)गार समेत गरिन । यो देखेर फेसन डिजाइनर भन्दा हेयर र मेकअपमा मेरो ध्यान बढी गयो । त्यसपछि मैले दिदी शान्ति,वर्षा र नारायण भिनाजुको सल्लाह र सुझावमा दिल्ली को प्रतिस्ठित हेयर ड्रेसीग स्कुल पिभोट पोईन्टबाट बेसिक र एडभान्स कोर्स लिए । म उत्कृष्ट भए ६ महिनाको कोर्समा । यसले झनै हौसला दियो ।

त्यसपछि सोझै काम गर्न थाल्नु भयो कि ?
हजुर, ६ महिनाको तालिमले एउटा आत्मविश्वस दिएको थियो । दिदी एउटा ब्यूटी सैलुनमा काम गर्नु हुन्थ्यो । मैले पनि त्यहाँ काम गरे । दिदी त लोकप्रिय हुनु नै हुन्थ्यो । मैले नि धेरै सिकेँ । बिस्तारै मलाई पनि सबैले मन पराउन थाले । यही क्रममा दिदीले एकजना नेपाली मूलका ह्यारी भन्ने व्यक्तिसँग मिलेर ह्यारी एन्ड शान्ति सैलुन खोल्नु भयो । तर ग्राहकको चाप यति भयो कि छिट्टै नै डीफेन्स कोलोनी मा ‘हेयर एन्ड शान्ति’को दोस्रो आउटलेट खोल्नु पर्यो । यहाँ मैले मुख्य जिम्मा लिएँ सञ्चालनको । मेरो लोकप्रियता बढ्दै गयो ।

एकपटक पूर्व राजा ज्ञानेन्द्र आउनुभयो । हाम्रो सैलुनमा आधाजति नेपाली स्टाफ भएपनि कसैले चिनेनन शुरुमा । तर मैले देख्ने बित्तिकै चिनेँ । मलाई चाहिँ वहाँ सरल र नम्र लाग्यो ।

फेरी विदेशतिर लाग्नुभएछ त पढाई गर्न ?

मानिसहरुले सैलुन भन्ने बित्तिकै कपाल काट्ने मात्र बुझ्छन् । जबकि यो सौन्दर्यको एउटा विधा हो । यसका पनि कैयन् सैद्धान्तिक पक्ष छन् । व्यवहारिक पाटा छन् । ती सबै सिक्नुपर्छ । नयाँ नयाँ कुरा सिक्नु जरुरी हुन्छ । नयाँ फेसन, नयाँ सामग्री, नयाँ ज्ञान आवश्यक पर्छ भन्ने लागेर बजारको माग अनुसार नयाँ गर्न केही तालिमको आवश्यकता परेको मलाई लाग्यो । त्यसैले विदेशबाट केही नयाँ सीप सिकौं भनेर म ३ महिनाको कोर्स लिन सिङ्गापुर गएँ । त्यहाँ पनि मलाई राम्रो जागिरको अफर आयो । तर यता ६ महिनाको बाबु छोडेर गएकी थिएँ, बस्न मन लागेन र फर्किए । गुडगाउँमा भारतकै सबैभन्दा ठूलो शपिङ मल खुल्दै थियो । त्यहाँ दिदीसँग मिलेर आफ्नै शैलुन खोले । शैलुनले राम्रो ख्याती पायो ।

अरु कहाँ कहाँ जानुभयो तालिम लिन ?

दिल्लीभरी तपाईहरु छाउनु भएको छ, कसरी सम्भव गर्नु भयो ।

यो हाम्रो मेहनत, सीप र नरम मृदृ स्वभावले गर्दा हो । पैसालाई मात्रै हामीले हेरेनौं । ग्राहकको सन्तुष्टि र दक्षतालाई हामीले विशेष ध्यान दियौं । काम गर्ने जनशक्ति पनि दक्ष हुनुपर्यो । अहिले हामीले दिल्ली, नोयडा, गुडगाउँलगायत दिल्लीमा १४ वटा सैलुन स्थापना गरेका छौं ।

काठमाडौंमा सैलुनको सोच कसरी आयो ?

दिल्लीमा निकै बसियो । तर आफ्नो देशका लागि पनि केही गरौं भन्ने थियो । कम्तीमा केहीले त रोजगार पाउँछन् । अनि सैलुनको व्यवसायिकतामा पनि केही नयाँ उदाहरण स्थापित गर्न सकिन्छ भन्ने सोचियो । यो सँगै नेपालबाट आउने नेतादेखि कलाकार र अन्य व्यक्तिले पनि यस्तो त नेपालमा पनि खोल्न पाए हुन्थ्यो भनेर सुझाव दिए । त्यसपछि नेपालमा पनि सैलुन खोल्ने सोच राखेर काठमाडौंमा शाखा खोलेका हौं ।

को को आए तपाईको सैलुनमा नेपालबाट ?
यहाँ धेरै आएका छन् । उद्योगपतिदेखि कलाकार, नेतासम्म । विदेशमा पनि नेपालीले यति ठूलो व्यवसाय गरेको देखेर खुसी व्यक्त गर्दै सुझाव सल्लाह दिनुुहुन्छ । एकपटक पूर्व राजा ज्ञानेन्द्र आउनुभयो । हाम्रो सैलुनमा आधाजति नेपाली स्टाफ भएपनि कसैले चिनेनन शुरुमा । तर मैले देख्ने बित्तिकै चिनेँ । मलाई चाहिँ वहाँ सरल र नम्र लाग्यो । अङ्गरक्षक बाहिर नै राखेर वहाँ भित्र आउनु भएको थियो । त्यस्तो तडकभडक केही थिएन । नेपालीमा नै कुरा गर्नुभयो । त्यति बढी त कुरा हुन पाएन । जाने बेला सबैले बाँडेर लिनु होला भनेर केही अतिरिक्त पैसा समेत दिएर जानु भयो ।

गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल भारत आएको बेला प्रथम महिला सीता दाहाल पनि आउनुभयो । वहाँले नेपालकै महिलाले गरेको व्यवसाय भनेर सुनेर आएको भन्नुभयो । साधारण कपालको काम गराउनुभयो । वहाँसँग चाहिँ अलि बढी नै कुरा गर्ने मौका मिल्यो । प्रधानमन्त्रीको श्रीमती जस्तै लागेन । केही चुरीफुरी थिएन, सरल, सौम्य, हाम्रो आमा भाउजु जस्तो सोझो । हामीले सँगै तस्वीर पनि लियौं । वहाँले पनि ‘अब नेपालमा पनि खोल्नुपर्छ है” भनेर जानुभयो । त्यसपछि हामीले काठमाडौंमा खोल्यौं ।

सन् २००७ मा कोरिया गएर त्यहाँको नाम चलेको संस्थनमा १ महिनाको एडभान्स कोर्स पुरा गरे । त्यसपछि २०१० मा अष्ट्रेलियाको सिडनीमा भएको हेयर ड्रेसिङ सेमिनारमा भाग लिएँ, यसैगरी सन् २०११ मा फ्रान्सको राजधानी पेरीसमा ‘लोरेल प्रोफेसनल’ले आयोजना गरेको वर्कसप मा भागलिए त्यस्तै सन द्दण्ज्ञद्द मा ईन्डोनेसीया को वाली मा लोटस ईन्डीया ले आयोजना गरेको शो तथा सेमीनार मा भाग लिएँ । सन २०१३ मा स्पेनको बार्सिलोनामा, २०१४ मा ग्रीस को राजधानी ऐथेन्सका कार्यक्रममा संस्थाको प्रतनिधित्व गरेँ, सन् २०१५ मा द्दण्ज्ञछ मा टोनी एन्ड गाऐ लन्डन वाट मास्टर्स कोर्ष पुरा पनि पुरा गरे । पछिल्लो समय भने सन् २०१६मा नेदरल्याण्डको ऐमस्टरडममा मेट्रीक्स ईन्डीया ले आयोजना गरेको लुक ऐन्ड लर्न क्लास मा सहभागी भएँ मैले साउथ अफ्रिकाको केपटाउन र कोलोम्बो वाट पनि प्रशिक्षण लिएको छु ।

भनेपछि संसार नै चाहार्नु भएको रहेछ सीप सिक्न ?
त्यस्तै भन्नु पर्यो । दोश्रोपटक सन २०१५ मा फ्रान्सको राजधानि पेरीसमा माट्रीक्स ले आयोजना गरेको कार्यक्रममा सहभागी भए । त्यहाँ चर्चित हेयर स्टाईलिस फिलीप ग्रान्डीन र कोरीनी राफ्रेसंग ‘कट’ को मास्टर क्लास पुरा गरे । यसअघि ऐथेन्समा माट्रिक्स ग्लोवल टिम मेम्वर ड्यानीयल रोल्डेनसंग पनि कट कै मास्टर क्लास लिएकी थिएँ । विदेशमा सिक्न जाने क्रममा सन २०१६ मा अमेरीका को सन फ्रान्सिसकोमा जादा त्यहॉ का साथीहरुवाट पनि धेरै हौसला तथा प्रोत्साहन पाईयो अमेरीका मै पनि राम्रो पारिश्रमिकको प्रस्ताव प्राप्त भए तर त्यहॉ वस्न मन परेन र फर्किए ।

हामीलाई भ्याइ नभ्याई भईरहेको छ । मिस नेपाल २०१७ को केस सज्जा समेत गरे । त्यसले झन लोकप्रियता बढाएको छ । यही वर्ष उपत्यकाभित्र अरु दुई शाखा संचालनमा ल्याउने तयारी गर्दैछौ ।

यति उत्साहका साथ काम गर्ने प्रेरणा चाहिँ को बाट पाउनु भयो ?

म फेसन डिजाइन पढ्न आएको थिएँ । तर सैलुनतिर लागे । यसका पछाडि मेरो दिदीको प्रेरणा ठूलो छ । त्यहाँ पनि मेहनत गरेको भए यही अनुसार सफल भइन्थ्यो होला । तर अग्रजले देखाएको बाटोमा हिँड्दा सफलता पाइयो । दिदीकै सल्लाह र सुझावले आज म यो ठाउँमा पुगेकी छु । दिदी मेरो गुरु हुनुहुन्छ ।

नेपालमा कस्तो चलेको छ ?

नेपालमा छिटै समयमा राम्रो लोकप्रियता पाइएको छ । हामीले विज्ञापन नै गरेका छैनौं । तर सुनेकै भरमा हाम्रोमा भ्याइ नभ्याइ भएको छ । नाम चलेका सेलिब्रटीहरु प्रशस्तै आउनुभएको छ । अहिले जनशक्तिको व्यवस्थापन गर्नेतर्फ लागेका छौं । हामीले आफूले सिकेको सीप सिकाउँछौं । अहिले राम्रो छ । चाप धान्न नसकिएला कि भन्ने चिन्ता छ ।

नेपालमा पनि अरु शाखा खोल्ने योजना छैन ?

अहिले जति जनशक्ति छ हामीलाई भ्याइ नभ्याई भईरहेको छ । मिस नेपाल २०१७ को केस सज्जा समेत गरे । त्यसले झन लोकप्रियता बढाएको छ । यही वर्ष उपत्यकाभित्र अरु दुई शाखा संचालनमा ल्याउने तयारी गर्दैछौ । म व्यक्तिगत रुपमा आफुलाई चिनाउनु भन्दा पनि हाम्रो व्रान्ड हेयर एन्ड शान्ति लाई चिनोस भन्ने चाहन्छु । त्यसैले सबै शाखा एउटै नाममा खुल्ने छन् ।

Leave a Reply