
- August 20, 2019
- Comments: 0
- Posted by: hairadmin
दिल्लीमा १२ वटा शाखा संचालन गरिसकेको ‘हेयर एन शान्ती यूनिसेक्स सलुन’को पहिलो शाखा नेपालमा पनि संचालनमा आएको छ । कमलादीको द राइजिङ मलको अपोजिट रहेको सिद्धार्थ कम्लेक्समा संचालनमा आएको यो यूनिसेक्स सलुनको मिस नेपाल अश्मी श्रेष्ठले उद्घाटन गरिन् ।
उनले आफूले कपालको स्टाइलमा खासै ध्यान नदिने गरेको भन्दै अब यो सलुनमा नियमित आउने बताइन् । अहिलेको जमानामा कपालको फेसन पनि महत्वपूर्ण रहेको अश्मीको भनाई थियो ।
कार्यक्रममा व्यवसायी, समाजसेवी, कलाकार तथा पत्रकारहरुको उपस्थिती थियो । मिस नेपाल श्रेष्ठले रिवन काटेर सलुनको उद्घाटन गर्दै आफू यसको ब्रान्डबाटै प्रभावित भएको बताएकी थिइन् । सिद्धार्थ कम्लेक्समा अवस्थिती सलुनमा सम्पूर्ण स्टाइलिस्टहरु लोरियल इन्टरनेशनलद्धारा प्रमाणित एवं मान्यता प्राप्त छन् । सलुन संचालकका अनुसार ग्राहकले विशेष एवं अत्याधुनिक सुविधाहरुको अनुभव गर्न पाउनेछन् ।
नेपालमा पनि गुणस्तरिय सलुनको आवश्यकता रहेको महशुश गर्दै दिल्लीको सफल ब्रान्डलाई नेपाल भित्राइएको हो । यसको पहिलो शाखा दिल्लीमा सन् २००१ मा उद्घाटन गरिएको थियो ।