Hair n Shanti Nepal

हेयर एण्ड शान्ति सलोनको तेस्रो शाखा जावलाखेलमा ।

ललितपुर पुस २५ । दुई बर्ष अघि काठमाडौंको कमलादीवाट शुरुभएको हेयर एण्ड शान्ति सलोनले तेस्रो शाखा ललितपुरको जावलाखेलमा बिस्तार गरेको छ। यस अँघि सलोनको दोस्रो शाखा काठमाडौकै ठमेलमा सञ्चालमा आइसकेको छ । एक करोड भन्दा बढीको लगानीमा सनोल खोलिएको हेयर स्टाइलीस एवं संचालक अनुजा श्रेष्ठले बताइन्। हामी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले एकेडेमी सहितको सलोन स्थापना गरेका छौ उनले भनिन्,हाम्रो उद्देश्य भनेको सेवा प्रदान गर्ने मात्र नभई दक्ष र शिपमूलक व्यवसायको विकास गर्ने पनि हो । यस सलोन बाट एक पटकमा २५ जना सम्मलाई सेवा प्रदान गर्न सक्ने अत्याधुनिक प्रविधि सहित को उपकरणहरु जडान गरिएको छ। मध्यम र उच्च वर्गलाई लक्षित गरि सञ्चालनमा ल्याएको सोलुनमा हेयर कट,हेयर कलर,फेसियल,सेभिङ,मेनी क्यूर,पछाडि क्यूर ,वाकसिन,नेलआट र केराटिन जस्ता सेवा उपलब्ध हुने बताइएको छ । नेपाली महिला व्यवसायी शान्ति श्रेष्ठको एकल प्रयासमा खोलिएको सैलुन भारतको नयाँ दिल्ली,जम्मु कास्मिर,नोएडा,गुरगाउ,लगाएत १२शहरमा विस्तार भइसकेको छ । त्यसको फेनचाइजको रूपमा विगत २ वर्षदेखि नेपालमा समेत आफ्नो सेवा प्रदान गर्दै आइरहेको र हाल नेपाली हरुमाझ लोकप्रिय बन्दै गइरहेको सञ्चालक श्रेष्ठको भनाई छ ।

Exit mobile version