सेलिब्रेटिको पहिलो रोजाई बन्दै
छोटो समयमै हेयर एण्ड शान्तीमा नेपाली सेलिब्रेटीको भिडभाड सुरु भएको छ । अहिलेसम्म चर्चित अभिनेत्री रेखा थापा, पल शाह, पुजा शर्मा, दिपाश्री निरौला, छुल्ठिम गुरुङ, प्रशान्त ताम्राकार, रमेश उप्रेती, पुर्व मिस नेपाल अश्मि श्रेष्ठ, अभिनेत्री वर्षा राउत, गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायक हिमाल सागर लगायत दर्जनौं सेलिब्रेटि नियमित रुपमा हेयर एण्ड शान्तीमा सेवा लिने गरेका छन् । सेलिब्रेटीको समेत राम्रो गन्तव्य वनेको यो सैलुनले सेलिब्रेटी मात्रै होईन सम्पुर्ण ग्राहकलाई विशेष सहुलियतमा सेवा दिने गरेको छ । वजारमा भारतमा चलेको सर्वाधिक महंगो सैलुन भन्ने पनि हल्ला छ, हेयर स्टाईलिस्ट तथा म्यानेजिङ डाईरेक्टर अनुजा भन्छिन्, ‘कुरा त्यस्तो होईन, हामीले सम्पुर्ण प्रकारका ग्राहकलाई मध्येनजर गरि निकै सहुलियत ढंगबाट सेवा दिने गरेका छौं ।’
५ सय वढि कर्मचारीलाई रोजगारी
नेपाल लगायत भारतका बिभिन्न राज्यमा रहेका हेयर एण्ड शान्तीका शाखामा अहिलेसम्म ५ सय बढि कर्मचारीले रोजगारी पाईरहेका छन् । हामीले नेपालमा मात्रै ७० जना भन्दा वढिलाई रोजगारी दिएका छौं, सैलुनकी निर्देशक अनुजा श्रेष्ठ भन्छिन्, ‘नेपालमा बिस्तारै खुल्ने अन्य शाखामा पनि कर्मचारी थपिदै जाने भएकाले स्वदेशमा बेराजगार युबा पनि लाभान्वित हुने अपेक्षा राखेका छौं ।’
कसरी खुल्यो हेयर एण्ड शान्ती ?
हेयर एण्ड शान्ती सन् २००१ मा भारतमा सुरुवात गरिएको हो । यो सैलुनलाई विश्व शान्ती श्रेष्ठले सुरुवात गरेकी हुन् । तर दुःखद कुरा केहि वर्षअघि उनी र श्रीमानसँग मर्निङ वाकमा हिंडिरहेका बेला तिव्र गतिमा आईरहेको कारको ठक्करबाट उनी गम्भिर घाईते भईन् । तुरुन्तै उपचारका लागी अस्पताल लगियो । झण्डै २ महिना अस्पतालमा उपचार गरिसकेपछि उनी निको त भईन् तर एउटा हात र एउटा खुट्टा चल्न नसक्ने अबस्थाको जीवन बाँचिरहेकी छिन् । यति मात्रै होईन, दुर्घटना हुँदा उनको दिमागमा पनि नराम्रोस“ग चोट पुग्यो र उनले आफ्ना आफन्त देखी श्रीमान् र कोहि कसैलाई पनि चिन्न नसक्ने भएकी छिन । विश्व शान्ती श्रेष्ठको सपना थियो, भारतसंगै नेपालका विभिन्न शहरमा पनि साखा विस्तार होस् । उनले भनेजसरी साखा विस्तार भयो, ग्राहकको भिडभाड वढ्यो । तर उनी आफैले उक्त दृश्य भने राम्रोसंग देख्ने अवसर गुमाईन ।